<body><script type="text/javascript"> function setAttributeOnload(object, attribute, val) { if(window.addEventListener) { window.addEventListener('load', function(){ object[attribute] = val; }, false); } else { window.attachEvent('onload', function(){ object[attribute] = val; }); } } </script> <div id="navbar-iframe-container"></div> <script type="text/javascript" src="https://apis.google.com/js/plusone.js"></script> <script type="text/javascript"> gapi.load("gapi.iframes:gapi.iframes.style.bubble", function() { if (gapi.iframes && gapi.iframes.getContext) { gapi.iframes.getContext().openChild({ url: 'https://www.blogger.com/navbar.g?targetBlogID\x3d16402489\x26blogName\x3dSaCreD+MaTriX\x26publishMode\x3dPUBLISH_MODE_BLOGSPOT\x26navbarType\x3dSILVER\x26layoutType\x3dCLASSIC\x26searchRoot\x3dhttp://rajeshrana.blogspot.com/search\x26blogLocale\x3den_US\x26v\x3d2\x26homepageUrl\x3dhttp://rajeshrana.blogspot.com/\x26vt\x3d-328302328038811132', where: document.getElementById("navbar-iframe-container"), id: "navbar-iframe" }); } }); </script>


Happy Dashain and Durga Puja

Thursday, September 28, 2006

दसैंमा मालश्रीको धुनले मानिसको मनलाई शक्तिपीठहरूतर्फ डोर्याउँछ । नेपालका शक्तिपीठहरूमा प्रतिपदादेखि कोजाग्रत पूणिर्मासम्म दुर्गाको पूजाआजा गरिन्छ । यसैलाई नवरात्रि पनि भनिन्छ । हिन्दू धर्मशास्त्रअनुसार असुरहरूको विनाश गर्ने आठ हात भएकी सिंहवाहिनी देवीलाई दुर्गा भनिन्छ । यिनै देवीका नौवटा रूपलाई विभिन्न शक्तिपीठहरूमा देवीको पूजाआजा गरिन्छ । नवरात्रिमा अलग-अलग नामले पूजा गरिने नवदुर्गालाई क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी तथा सिद्धिदात्रीका नामले पुजिन्छ । त्यसैगरी नवमीका दिन नवदुर्गादेवीका रूपमा दुई वर्षदेखि दशवर्षका कन्याहरूको पनि पूजा गर्ने चलन छ ।

सत्ययुगमा शक्तिशाली महिषासुरले स्वर्गका राजा इन्द्रलाई जितेर आतंक मच्चाउन थालेपछि ब्रह्मा, महेश्वरसहित सम्पूर्ण देवताहरूले शक्तिस्वरूपा माता दुर्गाको उपासना गरेपछि नवदुर्गाको रूप लिएर महिषासुरको बध गरेको कुरा उल्लेख छ । शुम्भ-निशुम्भ, महिषासुर, दुर्ग, रक्तवीजजस्ता दानवहरूको संहार गरी देवता एवं मानव जातिको कल्याण गरेपछि सोही खुसियालीमा बडादसैं मनाउन थालिएको कुरा पुराणमा उल्लेख छ । हिन्दू धर्ममा देवीलाई शक्तिको प्रतीकका रूपमा लिइन्छ । त्यसैले शक्ति एवं सिद्धिकी प्रतीक देवी दुर्गाको पूजा-आराधनाले रोग-व्याधी हट्ने, दुःख नष्ट हुने, सौभाग्य र शक्ति प्राप्त हुने विश्वास गरिन्छ । दुर्गा भवानीको नौ दिनसम्म विशेष पूजापाठ गरी दशमीका दिन महाकाली, महालक्ष्मी तथा महासरस्वतीको पूजा गरेर आफ्ना मान्यजनहरूबाट टीका ग्रहण गरी जमरा थाप्दै आशीर्वाद लिइन्छ ।

माता दुर्गा मंगल, कल्याण तथा आनन्दकी प्रतीक पनि हुन् । दसैंमा शक्तिपीठहरूमा देवीको पूजाआजा गर्ने चलन छ भने काठमाडौं उपत्यकामा गुह्येश्वरी, शोभा भगवती, मैतीदेवी, भद्रकाली, नक्साल भगवती, रक्तकाली, दक्षिणकाली, नरदेवीमा धुमधामका साथ पूजाआजा, भजन-कीर्तन गर्दै सप्तमीदेखि दशमीसम्म बली चढ्ने शक्तिपीठहरूमा बलि चढाइन्छ । बली नचढाउनेहरूले नरिवल र कुभिन्डो चढाउँछन् । त्यस्तै उपत्यकाका प्रमुख शक्तिपीठहरूमध्ये संकटा, हनुमानढोकास्थित मातृशक्तिका रूपमा परम्परादेखि पूजा गरिँदै आएकी तुलजा भवानीको मन्दिरमा अष्टमी र नवमीका दिन भव्य पूजा गरिन्छ । दसैंको एकदिन मात्र खुल्ने तलेजु भवानी मन्दिर भक्तजनहरूका लागि नवमीका दिन खुला गरिन्छ । घटस्थापनाको दिन दुर्गा भवानीको विधिपूर्वक पूजा-आराधना गरेर जमरा राखेपछि प्रत्येक दिन देवीको स्तोत्र पाठ गर्दै पूजा गरिन्छ । सप्तमीका दिन फूलपाती भित्र्याइन्छ । त्यसदिन गोर्खाबाट फूलपाती ल्याएर हर्षबढाइका साथ हनुमानढोकामा भित्र्याउने चलन छ । अष्टमीका दिन पूजाआजा गरेर साँझ कालरात्रि गरिन्छ । यसरी हर्षोल्लासका साथ मनाइने हिन्दूहरूको महान् पर्व बडादसैं शरद् ऋतुमा पर्ने भएकाले पनि चिसो हावा, पारिलो घाम एवं स्वच्छ मौसमका कारण पनि थप रमाइलो हुन्छ ।




Malai YO POST man parcha.    


Malai Pani..... Tapai Kasto Chau....    


Alas It could have been translated I could have understood bit of it    


Could we have a translation please? Or does all what you've written simply mean what your title does?

I dont recognise what you've written as Hindi though you've used the devnagri script.    


It says about a glorious story of Dusshera Fastival....and at the end gives blessings to all mankind for peace and prosperous world....    


hi
today i realised that i can access the blogs..........
and i am proud that u have done good work all along.
u keep up the good work.....
c u soon.    



ramro cha
malai man paryo
tapailai nepal ko mandhir bare kasari taha bhayo?
ani tapai ko aru pani ramrai cha    

By Anonymous Anonymous on 10/12/2006 03:38:00 PM

thankyou....    


» Post a Comment




« Home | Next »
| Next »
| Next »
| Next »
| Next »
| Next »
| Next »
| Next »
| Next »
| Next »